
वाग्मती, २५ साउन । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ ।
मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान काट्ने मेशिन , स्प्रे मेशिन ५० र धान झार्ने मेशिन एक थान वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत करिब दुई हजार १०० किसान परिवारका लागि औजार उपलब्ध गराइएको हो । गाउँपालिका र वाग्मती प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदानमा कृषि मेशिन वितरण भएको जनाउँदै उपलब्ध गराइएको मेशिन किसानले सहकारीमा सम्पर्क गरी प्रयोग गर्न पाउने गाउँपालिका अध्यक्ष उप्रेतीले बताए ।–रासस








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




