उन्नति लघुवित्तले बोलायो साधारण सभा, १ करोड बढीको एफपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित



काठमाडौंं, ११ चैत । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चैतको ३१ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा एफपीओ निष्काशनको प्रस्तावमाथि छलफल गरी पारित गरिने भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनश शेयर वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नेछ । बोनश शेयर वितरणपछि सर्वसाधारणको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्नका लागि १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ निष्काशनको प्रस्तावलाई पारित गरिने भएकाे हाे ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने लगायतका विषयमा छलफल गरी पारित गरिने भएको छ । यस्तै सभाबाट संस्थापनबाट ४ र सर्वसाधारणबाट २ जनासहित ६ जना संचालक चयन गरिने भएको छ । संस्थाको साधारण सभाको प्रयोजनको लागि चैतको १८ बुक क्लोज हुने भएको छ । चैतको १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

साधारण सभा रुपन्देहीस्थित होटल पौवामा चैतको ३१ गते बिहान साढे १० वजे शुरु हुने भएको छ ।