बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ चैत । साताको चौथो दिन बुधबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको भने १० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहि प्रतितोला ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि तेजाबी सुनको मूल्य ८६ हजार २५० नै कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।