नेप्से ४१.३० अंकले बढ्यो, ६ अर्ब ६७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ चैत । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । शेयर बजारमा आज देखिएको सुधारको संकेतले लगानीकर्ताहरुमा उत्साह छाएको छ । आज नेप्सेमा दोहोरो अंकले बृद्धि भएको छ ।

आज नेप्से परिसूचक ४१.३० अंकले बृद्धि भएको हाे । यसरी बृद्धि भएको नेप्से परिसूचक २५७०.२५ विन्दुमा पुगेर रोकिएको छ । नेप्से आज १.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ७.६३ अंकले बृद्धि भएर ४५५.९५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर कारोबार भएको छ । यसबाट ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हाइड्रोपावर बाहेक बाँकी सबै १२ उपसमूहमा हरियाली छाएको छ । हाइड्रो उपसमूहको शेयर घट्दा बाँकी १२ वटै उपसमूहरुको शेयर बढेको छ ।

आज हरियाली छाएका उपसमूहहरुमा बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरू रहेका छन् ।