नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ४० करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ चैत । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा नकारात्मक दोहोरो असर परेपनि कारोबार मध्यम खालको देखिएको छ ।

नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा पुगेको छ । नेप्से ०.८३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५.६४ अंकले घटेर ४५०.३१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ७६ हजार ७७७ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार ३७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ वटा उपसमूहमा हरियाली छाउँदा बाँकी १० वटा उपसमूह राताम्मै भएका छन् अर्थात उनीहरुको शेयर मूल्य घटेको छ ।

आज व्यापार, होटल तथा पर्यटन र लगानी उपसमूहहरू बाहेक सबै १० उपसमूहहरुको शेयर घटेको हाे । बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहरुको शेयर घटेको छ ।

आज भएकाे काराेबारकाे आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर काराेबार भएकाे छ । कम्पनीकाे ८९ करोड ५० लाख बढीकाे कारोबार भएको छ ।