पिस चौतारी लायन्समा भरत गिरी

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



पोखरा, १२ चैत । लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०२१/२२ को लागि अध्यक्षमा भरत गिरी निर्विरोध निर्वाचित भएका छन् ।

क्लबको निर्वाचनबाट गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष मगनलाल श्रेष्ठले सफल आवाजलाई जानकारी दिए ।

क्लबको प्रथम उपाध्यक्षमा किरणप्रसाद बन्जारा, द्वितीय उपाध्यक्षमा विनायक रञ्जित, तृतीय उपाध्यक्षमा रामकुमार लामिछाने, प्रमुख निर्देशकमा प्रदीप श्रेष्ठ, सचिवमा टीआर काफ्ले, क्लब एडमिनिस्ट्रेर विजयराज त्रिपाठी र कोषाध्यक्ष फणीन्द्रप्रसाद तिमिल्सिना चयन भए ।

अध्यक्ष भरत गिरी

त्यस्तै, मेम्बरसीप चियरपर्सनमा नवराज भण्डारी, सर्भिस चियरपर्सन सुशील खत्री, मार्केटिङ कम्युनिकेसन चियरपर्सन दीपक थापा, एलसीआइएफ को–अर्डिनेटर अमर विक, टेल ट्वीस्टर मनिष घिमिरे, टेमर शालिकराम सुवेदी, पीआरओ केशव ज्ञवाली तथा अन्तर्राष्ट्रिय रिलेसन डाइरेक्टर होमनाथ गिरी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गिरीले क्लबले आगामी बर्ष गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।