प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

-



     सफल आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ चैत । प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्याएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ का लागि आवेदन दिनका आज अन्तिम मौका रहेकोे छ ।

रुपैयाँ १ हजार अंकित मूल्य रहेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र फागुन २८ गतेदेखि निष्काशन तथा बिक्रीका लागि खुला गरेको थियो । जम्मा २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता व्यक्तिगत बिक्री हुनेछ भने १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ कित्ता सर्वसाधारणका लागि रहेको छ ।

बैंकको ऋणपत्रका लागि घटीमा २५ तथा बढीमा ५ लाख कित्ताका लागि आवेदन पेश गर्न सकिने भएको छ । ८ वर्षे अवधि रहेको ऋणपत्र वार्षिक ८.७५ प्रतिशत ब्याज दरले हरेक वर्षको अर्धवार्षिक, दोश्रो अर्धवार्षिक सकिएपछि भुक्तानी गर्ने बैंकले बताएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंंकिङ रहेको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट इजाजत पाएका सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । ।