नेप्से ५.४५ अंकले घट्यो, कारोबारमा निफ्रा अगाडी

-



     सफल आवाज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ चैत । साताको दोश्रो दिन सोमबार आज शेयर बजार ओरालो लागेको छ । तीन दिनपछि खुलेको शेयर बजार आज सामान्य रुपले घटेको देखिएको हो ।

आज नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा पुगेको छ । नेप्से आज ०.२१ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३९ अंकले घटेर ४४९.९२ विन्दुमा पुगेको छ ।

आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । ९१ लाख ३८ हजार ९३५ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब ४१ करोड ३४ लाख ५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहको कारोबार भएकोमा ३ वटामा मात्रै हरियो देखिएको छ । अर्थात उनीहरुको शेयर बढेको छ । बाँकी १० वटा उपसमूह राताम्मै भएका छन् । अर्थात उनीहरुको शेयर घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सबैभन्दा बढी निफ्राको शेयर कारोबार भएको छ । बैंकको ४४ करोड बढीको कारोबार भएको छ ।