एमाले नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित, सच्चिने अन्तिम मौका

-



     सफल आवाज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् । दुबै नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निलम्बन गरेको र दुबैलाई जानकारी गराईसकिएको बताइएको छ ।

पार्टीले दुबै नेतालाई स्पष्टिकरण सोधिएको थियो, तर उहाँहरुको स्पष्टिकरण चित्त बुझ्दो आएन । एक नेताले भने, पार्टीको हितविपरित उहाँहरुले काम गरेकोले उहाँहरु कारबाहीको भागिदार हुनुभयो । नेपाल र रावललाई कारबाहीको पत्र पठाईएको छ भने सच्चिनका लागि अन्तिम मौका पनि दिईएको छ ।

तपाँईहरु सच्चिएर आउनुहोस, याे अन्तिम मौका हो । सच्चिएर पार्टी विरुद्धका कामहरु नगरि आए बीचकै समयमा निलम्बन घटाउने निर्णय गर्न सकिन्छ । तर नसच्चिए र पार्टी विरोधी गतिविधि जारी राखे थप कारबारही गरिने पत्रबाटै सचेत गराईएको छ ।