नेप्से ४३.३६ अंकले बढ्याे, १२ उपसमूहमा छायो हरियाली

-



     सफल आवाज    
     चैत्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ चैत । शेयर बजारमा आज केहि सुधार देखिएको छ । दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ४३.३६ अंकले बृद्धि भएर २६१९.०२ विन्दुमा पुगेको छ ।

नेप्से आज १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बृद्धि भएर ४६३.५९ विन्दुमा पुगेको छ ।

आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब १६ कोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज व्यापार समूहमा रातो लागेको छ अर्थात व्यापार समूहको शेयर घटेको छ । बाँकी रहेका १२ वटै उपसमूहरुहमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीकाे ३६ करोड ३७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।