
काठमाडौं, २० चैत । रुरु जलविद्युत परियोजनाकाे आजदेखि आइपीओ निष्काशन खुल्ला भएकाे छ । सर्वसाधारणका लागि प्रिमियम २० रुपैयाँसहित प्रतिकित्ता १२० रुपैयाँका ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्काशन गरिएकाे हाे ।
जारी कुल शेयरमध्ये ८ हजार १५४ कित्ता शेयर कर्मचारीको लागि, २० हजार ३६५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताहरुले शेयर खरिदका लागि चैतको २४ गतेसम्ममा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा माग गरे बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट ईजाजत पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप तथा मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सकिने भएको छ ।
कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर बिक्री गरेपछि परियोजनाको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्ने भएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



