अरुण भ्याली हाईड्रोपावरकाे वैशाख ६ देखि हकप्रद शेयर निष्काशन हुँदै

-



     सफल आवाज    
     चैत्र २० गते २०७७ मा प्रकाशित



काडमाडौं, २० चैत । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर वैशाख ६ गतेबाट निष्काशन तथा बिक्रीका लागि खुल्ला हुने भएकाे छ । कम्पनीका अनुसार १ बराबर ०.५ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्न लागिएको छ ।

चैतको ८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन् । यसैको प्रयोजनका लागि कम्पनीको चैत ९ गते बुक क्लोज गरिएको थियो ।

वैशाख ६ गते निष्काशन गरिने अरुण भ्यालीको हकप्रद शेयरको लागि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भएको छ । आवेदनकर्ताहरुले मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर थापाथलली, मुक्तिनाथ बैंक र तोकिएका शाखाहरु, नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि-आस्वा सेवाका लागि सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् ।

अरुण भ्यालीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ ।