
पोखरा, २० चैत । युनाइटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर लि., माथिल्लो मर्दी खोला जलविद्युत् आयोजनाको ११ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाले हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष प्रकाश केसीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष केसीले कम्पनीको अधिकृत पूँजी ६० करोड र जारी पूँजी ४२ करोड तथा चुक्तापूँजी ४२ करोड भएको जानकारी दिए ।
कम्पनीले मर्दि खोलाको पानी उपयोग गरी ७ मेगावाट क्षमताको मर्दि खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गत सालको असोजदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्न सफल भएको केसीले जनाए ।
यसअघि माछापुच्छ्रे गाउँपालिकाका समाजसेवी दलबहादुर गुरुङ्गले साधारण सभा उद्घाटन गर्दै आफ्नैं गाउँमा बनेको हाइड्रो कम्पनीले नेपाल सरकारको ‘सुखि नेपाली, समृद्ध नेपालको’ नारा पुरा गर्न सहयोगी हुने अपेक्षा व्यक्त गरे ।
उनले बगेर गएको खोलानालाबाट बत्ति निकाल्न सके मुलुक छिट्ट समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे । यस्ता योजना सफल पार्न स्थानियहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
हाइड्रोपावर संचालक किरण केसीले यसका संस्थापक आफ्ना स्व. पिता सूर्यबहादुर केसीलाई स्मरण गर्दै बाबुको सपना साकारतर्फ अघि बढेको बताए ।
अर्का सञ्चालक सुनिलनारायण श्रेष्ठले हाइड्रोमा सम्भावना र चुनौती दुवै भएको बताउँदै तर निरन्तर लागिरहे सफलता हाँसिल हुने बताए ।
साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट किशोरी कार्कीलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ ।
कम्पनीका सचिव निरज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक रोशन केसी, सञ्चालक विश्वप्रकाश गौतम, हाईड्रोका शेयरधनी तथा साधारण सदस्यहरुको सहभागिता थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



