
काठमाडौं, २३ चैत । एभरेष्ट बैंक स्थापनाको २५ वर्षपछि पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । बैंकको सिईओमा सुदेश खालिङलाई नियुक्त गरिएको हो । यसभन्दा अगाडी बैंकको सिईओमा भारतीय नागरिकलाई नियुक्त गर्ने गरिएको थियो ।
एभरेष्ट बैंकमा भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको छ । सोहि आधारमा आफ्नै कर्मचारीलाई बैंकको सिईओ बनाउने गरिएको थियो । भारतीय संचालकहरुले आफुले पठाएको सिईओको कार्यकुशलता प्रभावकारी नभएको भन्दै प्रश्न उठाउने पनि गरेका थिए ।
गजेन्द्र कुमार नेगीलाई नियुक्त गरेको १७ महिनामै हटाएर सुदेश खालिङलाई सिईओ नियुक्त गरिएको हो । खालिङ सिटिजन्स बैंकका संचालक रहेकोमा दुई हप्ता अगाडी राजिनामा गरेपछि एभरेष्टको सिइओमा नियुक्त भएका हुन । त्यसअघि उनी लक्ष्मी बैंकको संचालक थिए ।
लक्ष्मी बैंकमा हुँदाखेरी खालिङले लक्ष्मी बैंक र एभरेष्टलाई मर्जरमा ल्याउन महत्वपूर्ण भूमिका खेलेपनि मर्जरको निर्णयमा भने पुगेन । उनी बिगत ३० वर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशिल व्यक्ति हुन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



