साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गर्ने जानकारी दिएकाे हो ।

कम्पनीका प्रबन्धक तथा सचिव उमेश कुमार ओझाका अनुसार कर्पोरेशनको सोमबार बसेको सञ्चालक समितिको वैठकले आर्थिक वर्ष २०७६/२०७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।

यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।