नेप्से २.७४ अंकले बृद्धि, ६ अर्ब ५५ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६, चैत । साताको पाँचौं दिन बिहिबार आज नेप्से सामान्य किसिमले बढेको छ । आज नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा पुगेको छ ।

नेप्से ०.१० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने आज ०.२८ अंकले बढेर ४७६.५१ विन्दुमा पुगेको छ ।

बिहिबार २०७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३३ लाख ७६ हजार कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आज शेयर कारोबार भएका १३ उपसूमहमध्ये ७ वटामा हरियाली छाएको छ । बाँकी ६ वटामा रातो लागेको छ । आज शेयर बढेका उपसमूहरुमा बैंकिङ तथा होटल, पर्यटन, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् । यस्तै व्यापार, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन समूह, अन्य र लगानी समूहको शेयर घटेको छ ।

आज सबैभन्दा बढी कारोबार माथिल्लाे तामाकोशी जलविद्युत आयोजनाको भएको छ । कम्पनीको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । दोश्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा तेश्रोमा नेपाल बैंकको कारोबार भएको छ ।