
पोखरा, २६ चैत । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् । निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारी सहित सदस्यमा वर्चश्व कायम गरेको छ ।
बुधबार भएको मतदानको बिहीबार अन्तिम मतगणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १ सय २४ मत अन्तरले पराजित गरेका हुन् ।
शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिए । महासंघ प्रदेशमा निर्वाचन शर्मा यसअघि उपाध्यक्ष थिए भने अध्यक्षमा पराजित श्रेष्ठ पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्ष पदमा दीपक भट्टराई विजयी भए । उनले ५ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी इन्द्रप्रसाद पौडेलले ४ सय ८ प्राप्त गरेका छन् ।
उपाध्यक्ष महिलामा सोनी शर्माले शान्ति गुरुङलाई पराजित गरिन् । सोनीले ५ सय ५२ मत प्राप्त गर्दा गुरुङको पक्षमा ३ सय ८४ मत परेको छ ।
महासचिवमा गोविन्दप्रसाद सुवेदी भारी मतले निर्वाचित भए । उनले ५ सय ७३ मत ल्याउँदै विजयी हुँदा उनका प्रत्यासी दिल श्रीषले ३ सय ७६ मत ल्याए ।
खुला सचिवमा यदुनाथ बञ्जारा विजयी भए । उनले ५ सय ९२ मत ल्याए भने प्रकाशचन्द्र भट्टराईले ३ सय ४३ ल्याए ।
समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ कैलास ५ सय २४ मत ल्याउँदै निर्वाचित हुँदा उनका प्रत्यासी रुद्र श्रीष मगरले ४ सय १० ल्याएका छन् ।
कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले ४ सय ५३ मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शालिकराम कोइरालाले २ सय ७७ र सागरराज तिमिल्सिनाले २ सय ५ मत प्राप्त गरेका छन् ।
खुला ७ सदस्यमा प्रदीप पौडेल ६६७, सुनिल पाण्डे ६२६, ताराप्रसाद शर्मा ६०९, परशुराम शर्मा आचार्य ६०६, प्रकाश डोटेल ६०५, लोकेन्द्रबहादुर सुनार ५३४ र रमेश बस्ताकोटी ५३२ निर्वाचित भए । सदस्यमै भीमपाणि बराल ४१८, सूर्यप्रसाद बास्तोला ३८९ र कृष्ण कँडेल ४०८ पराजित भए ।
महिला ३ सदस्यमा रञ्जिता शर्मा ५५५, राधिका शर्मा कँडेल ६१८ र रोशन गुरुङ ५६९ निर्वाचित हुँदा कविता श्रेष्ठ ४१९ र स्मीता अधिकारी ३७२ पराजित भए ।
दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला) ५२० मत ल्याउँदै निर्वाचित भए । दलित सदस्यमा रविना बोहरा ३९० पराजित भइन् ।
आदिवासी जनजाति २ सदस्यमा रुद्रबहादुर थापा ५७० र रामजी राना ५४९ निर्वाचित भए । जनक श्रेष्ठ २८९ र विनाकुमारी थापा विनु ३७७ पराजित भए ।
सदस्य अल्पसंख्यकमा पदम छन्त्याल ५५४ निर्वाचित भए । उनका प्रत्यासी श्रीकान्त सापकोटाले ३६२ मत ल्याए । प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।
गण्डकी प्रदेशमा कास्की सहित स्याङ्जा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, गोरखा र नवलपुर जिल्ला पर्दछन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



