
काठमाडौं, २८ चैत । दुई विकास बैंक तथा एक फाइनान्सकाे साधारण सभा आज हुदैछ । सप्तकाेशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सकाे साधारण सभा हुने भएकाे हाे ।
सप्तकोशी डेभलपमेन्ट बैंक : सप्तकोशी डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारण सभा आयोजना गरिएको छ । साधारण सभा जीवन विकास समाज, कटहरी मोरङमा बिहान साढे १० बजेदेखि हुँदैछ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरक्षिकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने, पारिश्रमिक तोक्ने, सर्वसाधारणबाट एक महिला संचालक चयन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासंगको मर्जरका लागि आवश्यक पहल गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका विषयहरूमा छलफल गर्न लागिएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक : ग्रीन डेभलपमेन्ट बैंकको ८औं वार्षिक साधारण सभा पनि आज हुँदैछ । होटल वाराही पोखरामा पूर्वान्ह ११ वजे आयोजना हुने साधारण सभामा आर्थिक वर्ष २०७६/ ०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत लांभाश वितरण गर्ने प्रस्तावलाई पारित गरिने भएको छ ।
जानकी फाइनान्स : जानकी फाइनान्सको २४औं साधारण सभा जनकपुरस्थित गायत्री कुञ्जमा १० बजेदेखि हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/२०७७ को प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



