अल नेपाल होमियोप्याथिक एशोसिएसनकाे १०औं महाधिवेशन सम्पन्न, अध्यक्षमा डा. खगेन्द्र कटुवाल निर्वाचित

-



     सफल आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित



पोखरा, २८ चैत । पोखरामा सम्पन्न अल नेपाल होमियोप्याथिक एशोसिएसनको १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा डा. मीनराज भुषाल, डा. विरोधकुमार महतो, महासचिवमा डा. रामहरि श्रेष्ठ, सचिव डा. अनुप पन्थी, डा. शिशिर गिरी र डा. सुशीलकुमार कर्ण निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदमा डा. शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाला र अब्दुल रहमान मियाँ निर्वाचित भएको निर्वाचन समिति संयोजक सुकदेव गौतमले जानकारी दिए ।

सदस्य पदमा टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा. लालबाबु भण्डारी, डा. अमरेशकुमार पोद्धार, डा. सुरेन्द्र पाण्डे, भोजकुमारी कुँवर, डा. खकिन्द्रबहादुर भण्डारी, हिरामणि शर्मा र मो अनवर हुसेन निर्वाचित भएका छन्।

महाधिवेशनको उद्घाटन सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिइन् । सो अवसरमा अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला र सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालकी संस्थापक अध्यक्ष विना गुरुङलाई सम्मान गरिएको एशाेसिएशनका गण्डकी प्रदेश संयाेजक डा. विष्णुप्रसाद चापागाईले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले होमियोप्याथिक उपचार साच्चीकै प्रभावकारी उपचार विधि भएको बताए ।