
पोखरा, २८ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार ११ औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहबीच पनि सेवा प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवनस्तर उकास्न,संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
सो अवसरमा उत्कृष्ट बैंकिङ समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सञ्चालक, संस्थापक, कर्मचारी, विभिन्न समुहमा आवद्ध समुह सदस्य र भर्चुअल माध्यमबाट संस्थापक तथा विभिन्न शाखाका कर्मचारीको सहभागिता थियो ।
वार्षिकोत्सवको सन्दर्भमा चैत्र २६ देखि २८ सम्म संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलाप गरिएको थियो ।
जसमा अपाङ्गता भएका छात्रछात्रा, जेहन्दार तथा गरीब बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, दृष्टिविहीन, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सम्मान, अनाथ आश्रम तथा वृद्धाश्राममा जिन्सी तथा खाद्यन्न सामग्री वितरण, रक्तदान कार्यक्रम, लागुऔषधबारे सचेतनामूलक कार्यक्रम, सरसफाइ तथा डस्टविन वितरण, बिरामीलाई फलफूल वितरण, हाजिरीजवाफ प्रतियोगिता, ट्राफिक नियम सचेतना, मूर्ति संरक्षण लगाएतका थुप्रै कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए ।
संस्थाले ११ औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४४ हजार ७ सय समूह सदस्यमाझ सेवा पु¥याउँदै आएको छ ।
साथै समूह सदस्यको मागमा आधारित विभिन्न सीपमूलक तालीम, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित सेवासमेत प्रदान गर्दै आएको सञ्चालक समिति सदस्य रेवन्तबहादुर विश्वकर्माले जनाए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



