आईतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा भयो कारोबार ?

-



     सफल आवाज    
     चैत्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ चैत । साताको पहिलो दिन आईतबार आज सुनचाँदीकाे मूल्य घटेकाे छ । सुनमा रूपैयाँ ४०० र चाँदीमा ५ रूपैयाँले गिरावट भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा काराेबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको थियो ।