१० अर्ब २५ कराेडकाे ट्रेजरी बिल बिक्री गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३० चैत । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेकाे बताएकाे छ । बैंकले एक सूचना मार्फत आज उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेकाे जानकारी दिएकाे हाे ।

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि रहेकाे छ । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।