नेप्से पुग्याे २७ सय अंक नजिक, कारोबारमा एनआईसी एशिया बैंक अगाडी

-



     सफल आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० चैत । साताको दोश्रो दिन सोमबार आज शेयर बजार सकारात्मक लयमा देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से १७.२० अंकले बृद्धि भएर २६९१.५५ विन्दुमा पुगेको छ । नेप्से ०.६४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.७८ अंकले बृद्धि भएर ४८०.२९ विन्दुमा पुगेको छ ।

आज कुल २१६ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ६१ करोड ८२ लाख ८ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३ उपसमूहरुको कारोबार भएकोमा ६ वटा उसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । ७ वटा उपसमूहहरुमा हरियाली छाएको अर्थात उनीहरुको शेयर बढेको छ ।

आज शेयर घटेका उपसमूहरुमा व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, अन्य र लगानी उपसमूह रहेका छन् ।

यस्तै हरियाली छाएका उपसमूहरुमा बैंकिङ, विकास बैंक, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको २५ करोड ३७ लाख ८ हजार ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।