
काठमाडौं, ३१ चैत । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज आयोजना गरिएको छ । साधारण सभा स्याङजाको पुतलीबजार नगरपालिकामा रहेको सयपत्री पार्टी प्यालेसमा आयोजना गरिएको हो ।
सभामा १५.३५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव तथा कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांशको प्रस्ताव पारिदै गरिदैंछ । कम्पनीको हाल कायम भएको २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ चुक्ता पूँजीबाट उक्त बोनस दिईने भएको हो । बोनस वितरणपछि चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ पुग्ने भएको छ ।
सभामा एफपीओ निष्काशन लगायतका एजेण्डा पनि पेश गरिदैंछ । साधारण शेयरधनीहरुको हिस्सा ३० प्रतिशत पुर्याईने भएको छ । संस्थामा अहिले संस्थापकको हिस्सा ७८.२५ तथा साधारणतर्फ हिस्सा २१.७५ प्रतिशत रहेको छ ।
साधारण सभामा सर्वसाधारणबाट २ जना संचालक तथा संस्थापकहरुको तर्फबाट ४ सहित ६ जना संचालक चयन गरिदैंछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



