फेरी घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैंछ ?

-



     सफल आवाज    
     चैत्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३१ चैत । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा १५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।