२०७७ को अन्तिम दिन नेप्सेमा नयाँ उचाई, ७ अर्ब ५४ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ चैत । आज २०७७ सालको अन्तिम दिन । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेको परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ ।

आजको दिन सूचकांक कस्तो देखिएला भनेर लगानीकर्ताहरुमा उत्सुकता बढ्नु स्वाभाविकै हो । आज नेप्से अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपनिङ सेसनबाटै नेप्से सकारात्मक लयमा देखिएको थियो । कारोबार मध्यम खालको भएपनि औषतमा लगानीकर्ताहरुको उत्साह भने घटेन ।

नेप्सेमा आज दोहोरो अंकको बृद्धि भएको छ । नेप्से २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले बढेको छ । उता सेन्सेटिभ इण्डेक्स ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ ।

आज २०९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४५ लाख ३० हजार १३७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ५४ करोड २७ लाख २ हजार ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार भएका १३ उपसमूहरुमध्ये ७ वटामा रातो लागेको छ अर्थात उनिहरुको शेयर घटेको छ । होटल तथा पर्यटन, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटेको हो ।

यस्तै ६ वटा उपसमूहमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्युचुअल फण्ड उपसमूहहरुको शेयर बढेको छ ।

कारोबारको आधारमा आज नबिल बैंकको सबैभन्दा बढी २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोश्रोमा नेपाल बैंक र तेश्रोमा एनआईसी एशिया बैंक रहेको छ ।