
पोखरा, ३१ चैत । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) ले पहिलो पटक ‘एनटिएचएमसी सेफ कम्पिटिसन–२०२१’ गरेको छ ।
कलेज परिसरमा आयोजित प्रतियोगितामा कृतिका गौचन प्रथम, साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भए ।
विजेता विद्यार्थीलाई प्रमुख अतिथि बिबिसी मास्टर सेफ उपविजेता सन्तोष साह र कलेज प्रिन्सिपल प्रकाश रेग्मी शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । कलेजका सेफ राजकुमार कार्कीले सेफ कम्पिटेसनमा नियमबारे उल्लेख गरेका थिए ।

कलेज अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभईकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीलाई यो ठूलो अवसर मिलेको र बिएचएम दोश्रो, चौथो र छैटाै सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिन सफल भएको बताए ।
कार्यक्रममा ग्लोवल नेपलीज सेफ फेडरेसनका अध्यक्ष सेफ लक्ष्मणप्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य सेफ विकास डंगोल र केन्द्रीय सदस्य सेफ पशुपति पौडेल लगायतको सहभागिता थियो । सो अवसरमा ६ फिट लामो केक “वेल्कम सेफ सन्तोस साह” लेखिएको केक काटेर अतिथिको स्वागत गरिएको प्रोग्राम कोअडिनेटर जोकबहादुर थापाले बताए ।

विद्यार्थीको जिज्ञासालाई समाधान गर्ने क्रममा “मास्टर सेफसँग टल्क शो” कार्यक्रम पनि संचालन गरियो । सो टक शो विद्यार्थी सोनिका श्रीष र प्रतीक गुरुङले चलाएका थिए ।
सेफ सन्तोस साहले हस्पिटालिटी इन्ड्रस्टीमा धैर्यता, सहनशीलता र सफलताको बाटोमा पुग्ने लक्ष्य निर्धारण गर्नुपर्नेबारे विद्यार्थीलाई सुझाव दिएका थिए ।
निर्णायकमा सेफ सन्तोष साहसहित प्रिन्सिपल प्रकाश रेग्मी, सेफ लक्ष्मण भण्डारी र सेफ राजकुमार कार्की थिए । कार्यक्रम सञ्चालन प्रीया र एलिनाले गरेका थिए ।










पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



