
काठमाडौं, २ वैशाख । २०७७ सालको अन्तिम कारोबार भएको दिन गत चैत ३१ गते मंगलबार शेयर बजारमा सकारात्मक लय र नयाँ रेकर्ड कायम गरेको सन्दर्भलाई नयाँ वर्ष २०७८ को आज पहिलो कारोबार भएको दिनमा नेप्से परिसूचक अझैं माथि पुगेको छ ।
आज अघिल्लो पटकको भन्दा नेप्से परिसूचक झन उचाईमा पुगेको तथा कारोबारमा बृद्धि भएको छ । नेप्से पनि दोहोरो अंकले बृद्धि भएको छ । नेप्सेमा देखिएको यो सकारात्मक सुधारको गतिमा क्रमभंगता नआए २०७८ साल पनि लगानीकर्ताहरुले भन्ने गरे झैं सुखद् वर्षको रुपमा हुने अपेक्षा बढेको छ ।
आज नेप्से परिसूचक २०.६७ अंकले बृद्धि भएर २७३५.४६ विन्दुमा पुगेको छ । नेप्से ०.७६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले बृद्धि भएर ४९२.४४ विन्दुमा पुगेको छ ।
आज कुल २१८ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ६३ करोड ६६ लाख ८ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज व्यापार र हाइड्रोपावर दुई उपसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ११ वटै उपसमूहहरुमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।
आज शेयर घटेका व्यापार र हाइड्रोपावर हुन भने शेयर बढेका उपसमूहरुमा बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीबन बीमा, म्युचुअल फन्ड र लगानी उपसमूको शेयर बढेको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



