सुनचाँदीको मूल्य उकालो, शुक्रबार सुन तोलामा ७ सय वृद्धि

-



     सफल आवाज    
     वैशाख ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्यमा लगातार उकालो लाग्दै आएको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघको तथ्यांकका अनुसार त्यसपछि भने सुन निरनतर वृद्धि भएको देखिन्छ । शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ ।

शुक्रबार चाँदी तोलामा प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।