लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

-



     सफल आवाज    
     वैशाख ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको संचालक समितिको २२० औं बैठकले गएको आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

समितिले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार लाभांश वितरणको प्रस्ताव गरेको हो । सो मध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार बराबर नगद लाभांश र त्यसमा लाग्ने करसमेत गरेर लाभांश घोषणा गरिएको हो ।

संचालक समितिको प्रस्तावलाई बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिएका छन् ।