
काठमाडौं, ४ वैशाख । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले वैशाख ८ गतेबाट एकिकृत कारोबार गर्ने तयारी गरेका छन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि उनीहरुको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
दुबै लघुवित्तको गत पुष २९ मा सम्पन्न भएको साधारण सभाले ग्लोबल आइएमई लघुवित्तले स्पर्सलाई प्राप्तिको प्रस्ताव पारित गरेका थिए । साधारण सभापछि ग्लोबल आइएमई लघुवित्तको केन्द्रीय कार्यालय कास्कीको पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा रहेको छ ।
दुबै वित्तीय संस्थाको एकिकृत कारोबार प्रयोजनार्थ वैशाख ७ गते बैंक तथा वित्तीय कारोबार बन्द हुने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



