चन्द्रागिरी हिल्सको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा कम्पनी घाटामा देखिएको छ ।

कम्पनीको चैत्र १८ गतेसम्मको वित्तीय विवरणलाई हेर्दाखेरी १८ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गएको आर्थिक वर्षको यहि अवधिमा कम्पनीको घाटा २ करोड १८ लाखे थियो । यो पटक तेश्रो माससम्मको अवधिलाई हेर्दा १५ करोड ९३ लाख रुपैयाँ बढी घाटा देखिएको छ ।

कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार संचालन नाफा २३ करोड ७९ लाख रुपैयाँले घटेको देखिएको छ । चालु वर्षको चैत्र १८ गतेसम्म १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेकोमा यो वर्ष २ करोड ८१ लाख रुयैयाँ ऋणात्मक देखिएको छ ।