प्रतिगामी, अलोकतान्त्रिक र नैतिकता गुमाएको सरकारको विकल्प दिन्छौं : संग्रौला

-



     आरजू विष्ट सल्यानी     
     वैशाख ६ गते २०७८ मा प्रकाशित



पोखरा, ६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला पन्त संग्रौलाले प्रतिगामी, अलोकतान्त्रिक र राष्ट्रवादको खोल नक्कली ओडेका प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकता गुमाएको सरकारको विकल्प दिन नेपाली कांग्रेसले विषम परिस्थितिमा सरकारको नेतृत्व गर्न अग्रसर भएको बताएकी छन् ।

प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले जनता रोग र भोकको समस्यामा रहेका, कोरोनाको दोश्रो चरण शुरु भएको, संक्रमण दर बढहीरहेको बताउँदै भनिन्, जनता गास, बास र कपासबाट बचिञ्त भईरहेको बेलामा प्रधानमन्त्री केपि ओलीको सरकार बालुवाटार र सिंह दरबार गर्नमै सिमित भएको छ ।

सरकारमा बसेकाहरु पार्टीको आन्तरिक झगडामा रुमल्लिएका छन् । प्रतिनिधिसभा भंग भएपछि हामीले प्रधानमन्त्रीको कदम प्रतिगामी र अलोकतान्त्रि छ भनेर संघर्ष गर्दै आयौं । हामीले त सोचेका थियौं, राजनीतिभित्र नैतिकता भन्ने कुरा धेरै ठूलो हुन्छ । तर प्रधानमन्त्रीले संसद पुर्नस्थापना भएपछि नैतिकताको खिल्ली उडाउनु भयो । मार्ग प्रसस्त गर्नु भएन । खडेरी नै परे जस्तो भो तर उहाँको राजिनामा आएन ।

सर्वोच्च अदालको निर्णयले नेकपालाई पूरानै दुई पार्टीको हैसियतमा पुर्याई दियो । नेतृ संग्रौलाले भनिन्, दुई तिहाईको मत पाएको पार्टी, संमृद्धिको चर्को नारा लगाउनेहरुले पाँच वर्ष देश चलाउन पाएको जनादेशलाई लत्ताए र मुलुकलाई बन्दक बनाए । यस्तो कठिन अवश्था सिर्जना भएपछि चाहिने त कांग्रेस नै रहेछ । सबैतिरबाट कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने जिम्मेवारी आएपछि त्यो भूमिका कांग्रेसले निर्वाह गर्न लागेको उनले बताईन ।

हामीलाई थाहा छ कि परिस्थिति जटिल मोडमा छ । यो अवस्थामा कांग्रेसले नेतृत्व लिनुपर्छ र निकास दिनुपर्छ । संग्रौलाले भनिन, विषम अवश्थालाई मध्येनजर गरेर कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णयसहित अहिले दलहरुसंग वार्ताको चरणमा रहेका छौं, त्यसको निर्णय छिट्टै आउँछ ।

सरकारको सहकार्यको यात्राको संकेत गण्डकी प्रदेशले दिईसकेको छ । तर अचम्म लाग्छ प्रतिपक्षले अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा लागेपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले रातारात हिउँदे अधिवेशनलाई अन्त्य गरे । तैपनि प्रतिपक्षिदले विशेष अधिवेशनको माग गरेका छन् त्यो बोलाउनु पर्छ । कर्णाली प्रदेशमा पनि सहकार्यको यात्रा शुरु भएको छ । समय र परिस्थितिको आँकलन र जटिलतालाई चीर्नका लागि हामी तयार भएर बसेका छौं, नेतृ संग्रौलाले भनिन् ।

मुलुकमा शान्ति सुरक्षा छैन । ठाउँ छाउँमा घटनाहरु घटिरहेका छन् । हत्या, हिंसा र वलात्कारका घटना भईरहेका छन् । पिडितले न्याय नपाउने र पिडक मज्जाले निर्लज्ज घुमिरहने अवश्था छ । निर्मला पन्त लगायतकाले न्याय पाएका छैनन् । हो यस्तै अवश्थाको अन्त्यको लागि अहिले कांग्रेसको खोजि भईरहेको हो ।

अस्ति भर्खर राष्ट्रपतिले मेडल, विभुषण प्रदान गर्दैगर्दा चुच्चे नक्शा गायब भयो । कहाँ गयो ? भनेर सदनमा कुरा उठायौं । उसो त नक्शाको चुच्चो प्रधानमन्त्रीले शुभ कामना दिने क्रममा कार्ड छाप्दा नै गायब भएको हो । यि घटनाले के देखाउँछन् भने राष्ट्रवादको नक्कली खोल खोल ओड्ने केपी ओलीको पर्दाफास भएको छ । जब भारतबाट आएका गुप्तचर विभागका प्रमुखसंग मध्येरातमा भेटे नेपालको राजनीतिको गाँठो त्यहिनिर परेको संग्रौंलाको भनाई थियो ।

संसद अहिले पनि निष्किृय र बिजनेसबिहिन बनाईएको छ । एउटा पनि विधेयक ल्याउन दिईएको छैन । संसद चलेको पहिलो दिनमै कांग्रेसले रोष्ट्रम घेर्यो । कतिलाई पहिलो दिनमै किन विरोध गर्यो भनेर लाग्यो होला । संग्रौलाले भन्,ि संवैधानिक परिषदको अध्यादेश संविधानको भावना विपरित ल्याईयो । प्रतिपक्षी दलको सन्तुलित भूमिकाबिहिन ल्याईएको थियो । हामीले चर्को विरोध गरेपछि फिर्ता लिईयो । फेरी त्यसैलाई संसदमा ल्याउँदै गर्दा फिर्ता हुनुपर्छ भनेका छौं । धेरै अध्यादेश लाईनमा छन् तर सरकारले अवरोध गरिरहेको छ, उनले भनिन् ।

कार्यक्रममा यसअघि सहभागिलाई प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत गरेका थिए । सचिव प्रदीप पौडेलको संचालनमा रहेको कार्यक्रमको अध्यक्षता अध्यक्ष नविन सिग्देलले गरेका थिए ।