पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।