ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ वैशाख । साताको चौथाे दिन बुधबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुनमा रुपैयाँ १३०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रुपैयाँ १ हजार ३०० ले बृद्धि भएर ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजा र ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार केहि दिन स्थिर रहँदै आएको चाँदीको मूल्य भने आज १० रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।