
काठमाडाैं, ९ वैशाख । रिलायन्स फाइनान्सका शेयरधनीहरुकाे लागि लाभांश सुरक्षित गर्ने समय आजसम्म मात्रै रहेको छ । फाइनान्सले साधारण सभाको प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्ने भएको छ । लाभांश प्राप्त गर्नका लागि आजसम्म शेयरधनी कायम हुनुपर्ने भएकोले अन्तिम मौका रहेको छ ।
फाइनान्सका अनुसार कुल १०.२३ प्रतिशत लाभांश वितरण गरिने भएको छ । वैशाखको २२ गते लैनचौर बैंक्वेट, लैनचाैरमा डाकिएको फाइनान्सको ११ औं साधारण सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण हुनेछ ।
साधारण सभामा उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंगको हुनसक्ने मर्जर तथा एक्विजिशनको बारेमा कार्य गर्न, संस्थाको प्रबन्धपत्र, नियमावलीको आवश्यक संशोधन लगायत विषयमा काम गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुने भएको छ ।
चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ । ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपछि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ पुग्ने भएको छ ।
साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा वैशाख २२ गते पूर्वान्ह ११ वजे डाकिएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



