नेप्से परिसूचक १५.८० अंकले बढ्यो, ११ उपसमूहमा छायो हरियाली

-



     सफल आवाज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । बुधबार दोहोरो अंकले घटेको शेयर बजारमा निरासा छाए पनि आज भने दाेहाेराे अंकले बढेकाे छ । सकारात्मक लय देखिएपछि लगानीकर्ताहरुको अमिलो भएको मन केहि हलुका भएको छ । आज दुई उपसमूह बाहेक सबैमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८.०० विन्दुमा पुगेको छ । आज नेप्से ०.६० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स पनि ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा पुगेकको छ ।

आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार गरेका १३ उपसमूहमध्ये होटल र पर्यटन तथा म्युचुअल फण्डमा रातो लागेको छ । दुवै उपसमूहरुको शेयर घटेको छ भने बाँकी ११ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ ।

आज हरियाली छाएका उपसमूहरुमा बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहरुको शेयर बढेको छ ।

कारोबारको आधारमा आज एनसिसि बैंकको कारोबार सबैभन्दा बढी भएको छ । बैंकको ६२ करोड २७ लाख ७९ हजार ८५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै दोश्रोमा धेरै कारोबार गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ८७ लाख ४८ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेश्रोमा बढी कारोबार भएको एनआईसि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ करोड ३५ लाख ७९ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।