आज फेरी घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० वैशाख । साताको छैटौं दिन शुक्रबार अर्थात कारोबार हुने अन्तिम दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनमा रुपैयाँ ५०० र चाँदीमा १५ रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा १५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।