करिब ३ अर्बको आइपीओ निष्काशन हुदैं, कुन-कुन कंपनीकाे आउदैंछ आइपीओ ?

-



     सफल आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० वैशाख । शेयर बजारलाई गतिशील बनाईरहने शेयर बजारका खेलाडीहरु तथा लगानीकर्ता नै हुन । आम्दानीसंगै अथतन्त्रलाई चलायमान बनाउन उनीहरुको भूमिका निकै महत्वपूर्ण मानिएको छ । निरन्तर पूराना लगानीकर्ताले मात्रै बजारलाई धान्न सक्ने स्थिति नहुने भएकोले नयाँ लगानीकर्ताहरुको आगमन हुने र पूरानासंगको घुलमिल भईरहने चक्रिय प्रणाली यसका सबल पक्ष हुन । यसैमा नयाँ लगानीकर्ताहरुको आकर्षण बढीरहनुले पनि शेयर बजारमा उत्साह जगाइरहेकाे छ ।

नयाँ लगानीकर्ताहरु आरभ्मको चरणको आइपीओको लागि निकै उत्साहि भईरहेका छन् । कम्पनीहरुले माग गरेभन्दा कयौं गुणा बढी आवेदन दिने घटनाक्रमहरुले पनि त्यसलाई पुष्टि गरेका छन् । यद्यपी लगानीकर्ताहरु गोलाप्रथामा पर्दा न्युनतम १० कित्ताका भागिदार भएका छन् भने कतिको हात रित्तै पनि भएको अवश्था यकातिर छदैंछ ।

आगामी दिनहरुमा ७ वटा कम्पनीहरुको आइपीओ निष्काशनको तयारी भएपछि फेरी लगानीकर्ताहरु सल्बलाउन थालेका छन् । ती कम्पनीहरुको २ अर्ब ६९ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ७९ हजार ७४० कित्ता आउने क्रममा रहेका छन् । जो सेबोनको पाइपलाईनमा सूचीवद्ध भएका छन् ।


यी हुन आइपीओ निष्काशन गर्ने ७ कम्पनीहरु :

१. ग्रीन भेन्चर लिमिटेड : ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावितहरुको लागि ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख कित्ता आइपीओ ल्याउन लागेको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेकाे छ ।

२. बलेफी हाइड्रोपावर : बलेफी हाइड्रोपावरले सर्वसाधारण तथा आयोजना प्रभावितहरुको लागि ३६ करोड ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशन तथा बिक्री खुलाउने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल तोकिएको छ ।

३. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्काशनको लागि सेबोनसंग अनुमति मागेको छ । यसका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेकाे छ ।

४. जीवन विकास लघुवित्त वित्तीय संस्था : जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर ल्याउन लागेको छ । यसको काम एमएमबी क्यापिटलले गर्नेछ ।

५. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

६. साहस उर्जा कम्पनी : साहज उर्जा कम्पनीले आयोजना क्षेत्रका स्थानियको लागि तथा सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

७. सयपत्री हाइड्रोपावर : सयपत्री हाइड्रोपावर लिमिटेडले ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुलाउन लागेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एमएमबी एस क्यापिटल रहेकाे छ ।