
काठमाडौं, ११ वैशाख । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले जेठको २ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको संचालक समितिको बैठकले बाराको सिमरास्थित होटल ईच्छामा पूवान्ह ११ वजे साधारण सभा डाकेको हो ।
साधारण सभामा ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगदसहित ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । बोनस बितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्ने भएकाे छ ।
संचालक समितिद्वारा प्रस्तावित बोनस शेयरको वितरणपछि कायम हुने चुक्ता पूँजीमा शंस्थापक शेयरधनीको स्वामित्व ६० बाट ५१ प्रतिशतमा ल्याईने भएको छ । यस्तै सर्वसाधारण शेयरधनीको स्वामित्व ४० बाट ४९ प्रतिशत पुर्याईने भएको छ ।
साधारण सभाका लागि वैशाख १९ देखि जेठको २ गतेसम्म बुक क्लोज हुने कम्पनीका सचिव आनन्द बाबु खड्काले जानकारी दिएका छन् । वैशाख १८ गतेसम्म कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



