
नयाँ दिल्ली, १२ बैशाख । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो ।
पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोभिड–१९ विशेष अस्पतालहरुमा अक्सिजनको तीव्र अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो । संघीय वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन लाख ४६ हजार पुगेको र दुई हजार ६२४ सङ्क्रमित व्यक्तिको विगत २४ घण्टामा मृत्यु भएको छ ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




