
काठमाडौं, १२ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका छन्।
आर्थिक वर्ष २०७८, ७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन आयोजित छलफलमा उनले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए । उनले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पारे ।
अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोरोनाले पारेको प्रभाव र त्यसबाट पाएको शिक्षाका आधारमा नयाँ ढङ्गले नै बजेट निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । अर्थतन्त्रको पुनःउत्थान गर्न केही नीतिगत सुधार जरुरी रहेको उनको भनाइ छ ।
युवा उद्यमीले स्टार्टअप नीति, विद्युत्को डिमाण्ड शुल्क तथा भन्सारमा न्यून विजकीकरणलगायत विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए । उनीहरूले युवा उद्यमीलाई प्रोत्साहन गर्ने बजेट जरुरी रहेको भन्दै सरकारले आफूहरूको सुझावलाई आत्मसात गर्ने विश्वास व्यक्त गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



