कुमारी बैंकको खुद नाफा २ अर्ब नजिक, वितरणयाेग्य कति ?

-



     सफल आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । कुमारी बैंकको खुद नाफा झन्डै २ अर्ब भएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको खुद नाफा करिब २ अर्ब रहेको छ भने वितरणयोग्य मुनाफा झन्डै १ अर्ब रहेको छ ।

यो वर्ष तेश्रो त्रैमाससम्म आउँदा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा बैंकको अघिल्लो वर्षको सोहि अवधिको भन्दा ७८.५८ प्रतिशतले बढी हो । चैत महिनाको मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रहेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेको पाईएको छ । अन्य संचालन आम्दानी बढेर ३२ करोड पुगेको छ भने संचालन मुनाफा ७४.४१ प्रतिशत बढेको छ । खुल नाफासंगै कुमारी बैंकको शेयर मूल्य पनि बढेको छ । प्रतिशेयर ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ प्रसा पुगेको छ ।

गएको वर्ष भन्दा चालु आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशतले बढेको छ । जगेडा कोष ३.७३ ले बढेको छ भने निक्षेप ९.५७ प्रतिशतले बढेको छ ।