प्रभु बैंकले कमायो २ अर्ब १० करोड मुनाफा

-



     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । प्रभु बैंकले २ अर्बभन्दा बढी खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सार्वजनिक भएको वित्तीय विवरणमा बैंकको खुद मुनाफा २ अर्ब १० करोड माथि देखिएको हो ।

यस आर्थिक वर्षको चैत्र महिनाको मसान्तसम्म बैंकले २ अर्ब १० करोड १६ लाख खुद मुनाफा कमाउन सफल भएको जनाईएको छ । यो अघिल्लो वर्षको सोहि समयको भन्दा ४४.०८ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको देखिएको छ भने कमिशन आम्दानी ४२ प्रतिशत बढेको पाईएको छ । वित्तीय विवरणमा बैैंकको संचालन मुनाफा ४६.८५ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

प्रभु बैंकको खुद नाफामा भएको बृद्धि संगसंगै शेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा माथि २४ रुपैयाँ ७९ पैसा पुगेको देखिएको छ ।

यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म प्रभु बैंकको चुक्ता पूँजी १० प्रतिशत तथा जगेडा कोषमा १८.१२ प्रशितको बृद्धि भएको छ । यस्तै बैंकको निक्षेप १८.२५ तथा कर्जा ३५.१२ प्रतिशतले बढेको पाईएको छ ।