कास्कीमा निषेधाज्ञा जारी, के गर्न पाइने ? के नपाइने ?

-



     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ वैशाख । कोरोना नियन्त्रणका लागि कास्कीमा पनि मिनी लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीले सोमबार राति निषेधाज्ञा जारी गर्दै वैशाख १५ देखि २१ सम्म लागू हुने गरी कोरोनाविरुद्ध विभिन्न मापदण्ड अपनाउन आदेश जारी गरेका हुन् ।

जसअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, कास्कीभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधनमा जोर विजोर गर्नुपर्ने, अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय बाहेक अन्य बन्द गर्ने भनिएकाे छ ।

दैनिक उपभोग्य पसल, निर्माण सामग्री पसल, औषधी लगायतका पसल खुले पनि अन्य पसलहरु बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय लगायत बन्द गरिने भएको छ । हेर्नाेस बिस्तृतमा :