
काठमाडौं, १४ वैशाख । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ ।
उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि १ साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोमा मन्त्रिपरिषदको आज बसेको बैठकले पुनः एक साता लम्ब्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
क्यारेन्टिन अवधि १४ दिन हुने भएकोले अघिल्लो अभ्यासका आधारमा वैशाख १६ देखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले बताए ।
मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



