नेप्से परिसूचक ९२.४६ अंकले बढ्यो, सर्वत्र छायो हरियाली

-



     सफल आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । दुई दिन लगातार राताम्मै भएको शेयर बजारमा साताको तेश्रो दिन मंगलबार आज सर्वत्र हरियाली छाएपछि लगानीकर्ताहरुको लागि सन्तोषको श्वास फेर्ने दिन बनेको छ ।

राजनीतिक घटनाक्रम तथा कोरोनाको दोश्रो चरणको संक्रमणको कारण उत्पन्न भएको बेचैनीको कारण लगानीकर्ताहरुलाई अलमल्याउने अवश्था ल्याएको भएपनि आज भने शेयर बजारमा आएको सकारात्मक सुधारको संकेतले आशा पलाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ । आज नेप्से ३.६९ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा पुगेको छ ।

आज २१६ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २० लाख २ हजार २१९ कित्ता शेयरको कारोबारबाट ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, फाइनाान्स, नीर्जिविन बीमा, उत्पादन, अन्य, माइक्रोफानान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर बढेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तमाकोशीको कारोबार भएको छ । कम्पनीकाे २३ करोड ८२ लाख ६७ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको छ । दोश्रोमा निफ्रा तथा तेश्रोमा नेपाल रि इन्स्योरेन्स कम्पनी रहेको छ ।