सिंगटी हाइड्रो इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

-



     सफल आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ं४ वैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सिंगटीको १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जको शेयर सूचीकरण शाखाले जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि २९ लाख कित्ता शेयर जारी गरेको थियो । आयोजनास्थलका प्रभावितहरुको लागि १४ लाख ५० हजार कित्ता तथा कम्पनीका संस्थापकहरुको लगानी रहेको १ लाख ५० हजार कित्तासहित १ करोड ४५ लाख कित्ता नेप्सेको सूचिकरणमा परेको हो ।

सिंगटी हाइड्रो इनर्जीको शेयर कारोबार बुधबारबाट हुने भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीले न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको ओपनिङ रेन्ज पाएको छ । बुधबार पहिलो दिनाबाट पहिलो कारोबार कम्पनीले एसएचईएल संकेतबाट गर्ने भएको छ ।