
काठमाडौं, १५ वैशाख । एक्सेल डेभलपमेन्ट बैंकले यस वर्षको तेश्रो त्रैमाससम्म ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गएको वर्षको सोहि अवधिको भन्दा ३६.७९ प्रतिशत ले बढी हो । गत वर्ष बैंकले ८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ०.७५ प्रतिशतले कमि भएको छ । गएको वर्ष ३२ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मा बैंकले ३२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा बैंकले संचालन मुनाफा १२ करोड २९ लाख रुपैयाँबाट १६ करोड ८२ लाख पुर्याएको जनाईएको छ । बैंकले ११ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा २६ करोड ९४ लाख रहेको बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख रहेको छ ।
बैंकको खराब कर्जा २.६२ प्रतिशतमा झरेको छ । यसअघि खराब कर्जा ३.६६ प्रतिशत रहेको थियो । एक्सेल बैंकको चालु वर्षको तेश्रो त्रैमाससम्म आउदाको प्रतिशेयर मूल्य १९ रुपैयाँ ३६ पैसा रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



