एनआईसी एशिया बैंकले कमायो ३ अर्ब बढी खुद नाफा, अन्य विवरण कस्ता छन् ?

-



     सफल आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चैत मसान्त सम्मको सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले उक्त नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको भन्दा बैंकको खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ ।

एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको देखिएको छ भने कमिशन आम्दानी ३०.९४ प्रतिशत घटेको छ । तर बैंकको संचालन मुनाफा २१.९७ प्रतिशत बढेको पाईएको छ । चालु वर्षको तेश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य भएको मुनाफा भने १ अर्ब २२ करोड ६ लाख रुपैयाँ रहेको छ ।

बैंकको शेयर आम्दानी पनि बढेको छ । प्रतिशेयरमा १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको चुक्ता पूँजीमा १९ प्रतिशत बृद्धि भएको छ । जगेडा कोष १५.२० प्रतिशत, निक्षेप ३६.५५ प्रतिशत तथा कर्जा ५४.६० प्रतिशत बृद्धि भएको छ ।